TRENDING

नेप्सेमा ४० अंकले गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झण्डै ४० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३९.६० अंकले घटेर १ हजार ९५५.७५ मा ओर्लेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ८.४७ बिन्दुले घटेर ३७१.७१ मा झरेको छ । कूल २०१ कम्पनीको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ मा कारोबार भयो ।

जलविद्युत् उपसमूह बाहेक अरु सबै उपसमूहको सेयर ओरालो लागेको छ । जलविद्युत् २२.८९ ले उकालो लाग्दा बैंकिङ ३०.५९, व्यापार ९९.२६, होटल ५९.९४, विकास बैंक २२, वित्त २.५८, निर्जीबन बीमा २२५.१३, उत्पादन ९८.५४, अन्य ४६.८५, माइक्रोफाइनान्स ६९.८, जीवन बीमा २७०.४६ र सामूहिक लगानी कोष ०.१५ ले ओरालो लागेको छ ।

लगातार उकालो लागेको नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए । यस्तै, साञ्जेन जलविद्युत् कम्पनी ९.८९, रसुवागढी हाइड्रोपावर ७.३२, नेपाल ल्यूब आयल ४.६२ र माथिल्लो तामाकोशीका सेयरधनीले ४.५६ प्रतिशतले कमाए ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर ५.५६, हिमालयन ऊर्जा विकास कम्पनी ५, साल्ट टे«डिङ कर्पोरेशन ४.९१, कालिका पावर कम्पनी ४.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ४.६७ प्रतिशतले गुमाए ।