TRENDING
होमपेज
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग


काठमाडौँ।लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।
सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आम नागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराउनुभएको हो ।
नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुनेप्रति चिन्ता व्यक्त भइरहेको छ । सो सङ्गठनले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा अपाङ्गता सवाललाई समावेश हुने गरी संशोधन गर्न पनि माग गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७