

बर्दिया । बिहान देखिनै बाक्लो हुस्सु सँगै दिनभरि घाम नलागेपछि अत्यधिक चिसोका कारण बर्दियामा जनजीवन प्रभावित भएको छ । । करिब २ साता देखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुनुका साथै कुहिरो सँगै चल्ने चिसो हावाले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।
चिसोले मानिसहरू घरबाहिर ननिस्केपछि बर्दियामा हुने गरेको दैनिक व्यापारिक कारोबारमा कमी आएको छ । गुलरियाका व्यापारी बसी अहमद बब्लुले चिसोले धेरैजसो बालबालिका तथा वृद्ध वृद्धाहरूलाई बाहिर निस्किन समस्या भएको र व्यापारमा यसले असर पारेको बताउनु हुन्छ ।
बर्दियामा करिब २ हप्ता देखी घाम लाग्न पाएको छैन । विगतमा बजारमा देखिएको चहलपहल भन्दा चिसो बढैसँगै बजार सुनसान झैँ भएको छ । ग्रामीण भेगका महिला, बालबालिका, वृद्धवृद्धा तथा अन्य दैनिक ज्यालादारी गरी परिवार पाल्ने व्यक्तिहरूका लागि शितलहरले प्रभावित बनाएको गुलरिया बजारका स्थानीय बाबुराम पौडेले बताउनुभयो ।
दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । बिना काम घरबाहिर ननिस्किन, बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्याउनु पर्ने बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेयले आग्रह गर्नुभएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७