

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा मरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलामा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको हो । नेपाललाई जित दिलाउन खेलको ५५ औँ मिनेटमा विमल घर्तीमगरले निर्णायक गोल गरे । अञ्जन विष्टको लामो पासमा विमलले प्रहार गरेको बल गोल पोस्टभित्र पुगेको थियो ।
मरिससविरुद्ध नेपाल खेलको सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । १४ औँ मिनेटमा नेपालका सुमन लामाले गरेको पेनाल्टी क्षेत्र बाहिरको सशक्त प्रहार पोस्टको माथिबाट बाहिरियो ।
खेलको २२ औँ मिनेटमा मरिससका स्टेभेन नाजिराले गरेको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै बचाएका थिए ।
खेलको ३६ औँ मिनेटमा मरिससका एड्रिन फ्रान्कोइसले सिक्स यार्ड बक्स नजिकैबाट प्रहार गरेको बल पनि किरणले सहजै बचाएका थिए ।
खेलको ४६ औँ मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लाग्दै फर्किएपछि मरिसस अग्रता बनाउन चुकेको थियो ।
६५ औँ मिनेटमा मरिससका स्टेभेन नाजारियाको प्रहार गोलकिपर किरणले बचाए । खेलको ७५ औँ मिनेटमा जगजित श्रेष्ठको फ्री–किकमा अञ्जनको फ्लिक हेडर बल पोस्टको क्रस बारमा लागेर फर्किदा नेपाल दोब्बर अग्रता बनाउनबाट चुक्न पुग्यो ।
७७ औँ मिनेटमा अञ्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पुनः पोस्टमा लागेर फर्किएको थियो । त्यहीँ रिबाउन्डमा जगजितले हेडर मार्फत गरेको प्रहार मरिससका गोलकिपर केभिनले उत्कृष्ट बचाऊ गरे ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण मङ्गलवार खेल्नेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७