

बर्दिया । दैवी प्रकोप भन्दा पनि धेरै सङ्ख्यामा सवारी दुर्घटनाबाट ज्यान जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख ईश्वर देवकोटाले बताउनु भएको छ । सवारी दुर्घटना बजार एरिया भन्दा पनि खुला ठाउँमा बढी हुने गरेको उनले बताए । खुला ठाउँमा सवारी अत्यधिक तीव्र गतिमा चलाउने भएकाले दुर्घटना बढी हुने गरेको बताउनुभएको छ
आर्थिक वर्ष ०७५र०७६ देखि चालु आर्थिक वर्ष ०७८र०८९ सम्ममा सवारी दुर्घटनाबाट बर्दिया जिल्लामा १२२ जनाको मृत्यु भएको रेकर्डले देखाउँछ । सवारी दुर्घटनामा यति धेरै सङ्ख्यामा मृत्यु हुनु अस्वाभाविक स्थिति भएको ट्राफिक प्रमुख ईश्वर देवकोटाले बताउनुभएको छ ।
गत आर्थिक वर्ष ०७७र७८ मा ८९ वटा सवारी दुर्घटनाको सङ्ख्या रेकर्ड भएको छ जसमा ३७ जनाको निधन भएको छ भने १४० जना घाइते भएका छन् । चालु आर्थिक वर्ष ०७८र०७९ को पुस मसान्त सम्ममा ३० वटा सवारी दुर्घटनाको सङ्ख्या रेकर्ड भएको छ जसमा १४ जना मानिसको निधन भएको छ भने ७१ जना घाइते भएका छन् ।
जब सम्म नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् । तब सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने प्रहरी हवल्दार कृष्ण डाँगी बताउनु हुन्छ । आफूसँग भएको जनशक्तिले भ्याएसम्मा आफूहरूले काम गरिरहेको उनले जानकारी गराउनु भयो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकारले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने साथै सडक विभाग र यातायात कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न समय समयमा गाडीको चेक जाँचमा कडाइ हुनुपर्ने स्थानीय बताउँछन ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७