

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित सङ्ख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा ९० हजार ६७ हजार जना सक्रिय संक्रमित रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलले सक्रिय सङ्क्रमितमध्ये ८८ हजार २ सय ४८ संक्रमित भने होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।
हाल संक्रमण पत्ता लाग्ने दर ( टेस्ट पोजेटिभिटी रेट ) ४१ दशमलव १ प्रतिशत रहेको र यो दर अझै पनि अत्यधिक छ भनी पुष्टि हुने डा.पौडेलले बताउनुभयो ।
डा. पौडेलले सय जनाको नमूना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि हुने भएकोले हालको अवस्था सङ्क्रमणको उत्कर्षमै रहेको बताउनुहुँदै सतर्कताका साथ स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउन सबैमा आग्रह समेत गर्नुभयो ।
आज देशभर ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । कुल २० हजार ३ सय ५९ नमूनाको परिक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।आज काठमाडौँमा २ हजार ४१, ललितपुरमा ५ सय ६६ र भक्तपुरमा २ सय ९३ गरी काठमाडौँ उपत्यकामा २ हजार ९ सय जना संक्रमित थपिएका छन् ।
यस्तै आज ४ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन् भने संक्रमित ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ७२ पुगेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७