TRENDING
होमपेज
क्रिप्टोकरेन्सी लगायतका व्यवसायमा संलग्नलाई राष्ट्र बैङ्कले कारबाही गर्ने


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नेटवर्क मार्केटिङ/भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी अन्तरगतको कारोबार गर्ने व्यवसाय र त्यस्ता व्यवसायमा संलग्न स्वदेशी तथा विदेशी नागरिकलाई कारबाही गर्ने भएको छ ।
आइतबार राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सीसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने/गराउने लाई कारबाही गर्ने जनाएको हो ।
नेपालमा भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी मान्यता नपाएको र गैर कानूनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कार्य दण्डनीय र गैरकानुनी रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७