

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण फुटबल खेल्न मरिससको फुटबल टिम आज नेपाल आइपुग्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मरिससको टोली आज बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार अफ्रिकी राष्ट्र मरिससको टिम आज बिहान सवा ११ बजे नेपाल आइपुग्ने छन् । नेपाल र मरिससबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुँदैछ । एन्फाले फिफा ब्रेकमा नेपाल र मरिससबीच खेल खेलाउन लागेको हो । मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्न लागेको हो । कोभिड-१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेको बेला हुन लागेको नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति दिने वा नदिने निर्णय भइसकेको छैन । एन्फा महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलमा एक तिहाई दर्शक राख्ने र बिना दर्शक खेलाउने भन्ने निर्णय केही दिनमा हुने जानकारी दिए ।
मरिसससँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमलाई मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले प्रशिक्षण गराएका छन् ।
नेपालले गत असोजमा माल्दिभ्समा साफ च्याम्पियनसिप खेलेपछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित हार्दै उपविजेता बनेको थियो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७