

काठमाडौँ । आज देशभर ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१३ हजार ३ सय ७७ नमूनाको पिसिआर परिक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमूनाको एन्टीजेन परिक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौँमा २ हजार ८ सय ६८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ३ सय २१ गरी काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ७ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै आज १ हजार ४ सय १६ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।
फैलँदै ओमिक्रोनः ८८ प्रतिशतमा संक्रमण
नेपालमा कोरोना संक्रमित ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले पछिल्लो समय गरिएको जिन सिक्वीन्सीङको नतिजा अनुसार ३२ नमूनामध्ये २८ मा ओमिक्रोन संक्रमण देखिएको जानकारी दिनुभयो । एस जिन पोजेटिभ भए पनि परिक्षण गरिएका मध्ये ८८ प्रतिशत ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।
यस नतिजाले विश्वव्यापी अवस्था जस्तै नेपालमा पनि डेल्टा भेरियन्टको सङ्क्रमणलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमणले प्रतिस्थापन गदै गएको पुष्टि हुने अधिकारीले बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७