

काठमाडौँ । आज देशभर १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१४ हजार ४ सय ६२ नमूना पिसिआर परिक्षण गर्दा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ नमूना एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौँ उपत्यकामा मात्रै ५ हजार तीन सय ६ संक्रमित थपिएका हुन् काठमाडौँमा ३ हजार ७ सय ६२, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा चार सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै आज ७ सय ८ जना संक्रमित निको भएका छन् भने संक्रमित १६ जनाको मृत्यु भएको छ । हाल देशभर ७२ हजार आठ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, देशभरका १५ जिल्ला कोरोना सङ्क्रमणको रेड जोनभित्र रहेका छन् । हाल काठमाडौँ उपत्यकासँगै मोरङ, सुनसरी, झापा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली जिल्ला खतराको सङ्केतभित्र परेका छन् । सरकारले ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्र तथा जिल्लालाई रेड जोनका रुपमा तोक्ने गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७