

रोशन तिवारी
पर्वत । कालीगण्डकी माथिको तारे भीरमा डोरीको सहायतामा साइकल चलाउने खेल स्काई साइक्लिङ व्यावसायिक रुपमा शुरु भएको छ ।
पर्वतको बन्जी जम्पको पारीपट्टि बागलुङको बलेवामा रहेको भीरमा स्काई साइक्लिङ सञ्चालन गरिएको हो । बन्जी जम्प निर्माण गरेको द क्लिफ प्रालीले नै यो स्काई साइक्लिङ शुरु गरेको हो ।
भीरै भीर साइकल चलाउने यो खेल एडभेञ्चर टुरिजमका लागि सञ्चालन गरिएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।
चार वर्ष पहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । हुन त अहिले पनि कोरोनाको महामारी फेरि शुरु भएको छ । व्यवसायीहरूले भने कोरोनाको महामारीकै बिचमा पनि स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ सुरु गरेको जनाएका छन् ।
अध्यक्ष कार्कीका अनुसार साइक्लिङ दुईतर्फी गरेर छ सय मिटरको रहेको छ । साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रहेको सुरुआती अवसरमा दुई हजार पाँच सय तोकिएको छ ।
उक्त स्थानमा पर्यटकले अत्यन्त रुचाएको बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत पनि छुट दिइएको उहाँले जानकारी दिनुभयो ।
साहसिक खेलप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेको जनाउँदै यसैलाई दृष्टिगत गर्दै साहसिक खेलका गतिविधि थपिएको द क्लिफका निर्देशक नेत्र पराजुलीले बताउनुभयो ।
बागलुङको बलेवा नेपानेका काँस फुल्ने जग्गा लिएर व्यवसायीले साहसिक खेलको हब बनाएका हुन् । बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्ट सहितका संरचना निर्माण भएका छन् । युरोपियन सुविधा रहेको रिसोर्टमा हरेक दिन पर्यटकको घुइँचो हुन्छ ।
कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्ने गरी अलग प्रकृतिको झोलुङ्गे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुङ्गे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पुर्याएको छ ।
क्लिफका संरचना नजिकै कुश्मा व्यवसायीहरूको सक्रियतामा जिपलाइन समेत सञ्चालनमा छ । एक वर्षअघि निर्माणको काम सुरु भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेलको भनाई छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७