

नेपालगन्ज । नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियारले चुनाव अगाडि एमसीसीको विषय बन्द गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै परियारले सबै दलहरुबीच सहमति गरेर मात्र एमसीसी पास गर्नुपर्ने बताउनुभयो ।
‘’ एमसीसीका बारेमा प्रधानमन्त्री तथा पार्टी सभापतिले सबै दलहरूसँग राय, परामर्श लिएर सहमति गरेर मात्रै पास गर्नुपर्छ”, उहाँले भन्नुभयो ,“नत्र भने चुनाव अगाडि एमसीसीको विषय बन्द गर्नुपर्छ ।”
उहाँले स्थानीय निर्वाचनमा एक्लै वा गठबन्धन गरेर चुनाव लड्ने भन्नेबारे पार्टीको आधिकारिक निर्णय अहिले नभएको बताउनुभयो । स्थानीय तहको निर्वाचनका विषयमा कानुनी जटिलता उत्पन्न भएको भन्दै सह महामन्त्री परियारले यसका लागि दलहरुबीच एक खालको समझदारी कायम गर्न आवश्यक रहेको बताउनुभयो ।
‘“संविधानमा स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ, पहिलो चरणको चुनाव वैशाख, दोस्रो चरणको असार र तेस्रो चरणको चुनाव असोजमा भयो,” उहाँले भन्नुभयो, “निर्वाचन गर्न असोज वा वैशाख कसलाई मान्ने भन्नेमा द्विविधा छ ।”
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७