

तनहुँ । दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका तीर्थ तामाङले जित्नु भएको छ ।
तामाङले ४३ किलोमिटरको दुरी २ घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै उपाधि हात पार्नु भएको हो । त्यस्तै उक्त म्याराथनमा सोही दुरी २ घण्टा ५४ मिनेट २५ सेकेन्डमा पार गर्दै देवराज महतारा द्धितिय हुनुभएको छ ।
यस्तै सोलुखुम्बुका सुमन कुलुङले उक्त दुरी ३ घण्टा ५ मिनेट ४६ सेकेन्डमा पार गर्दै तृतीय हुनुभयो । कुलुङ यस अघि पनि तृतीय हुनुभएको थियो । त्यसैगरी पाँचथरका राजन मेयङ्गबाले उक्त दुरी ३ घण्टा ६ मिनेट २६ सेकेन्डमा पार गर्दै सान्त्वना हुनुभयो । विजेताहरूले क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजार पुरस्कार पाउनुभएको छ । उक्त प्रतियोगितामा ४९ जना धावकहरूले सहभागिता जनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ जानकारी दिनुभयो ।
त्यस्तै महिला तर्फको ४ किलोमिटर दौड प्रतियोगितामा सिता रानाभाट प्रथम, यमुना थापा द्धितिय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना हुनुभयो । विजेताहरूले १० हजार, ८ हजार, ५ हजार र २ हजार पुरस्कार पाउनुभएको छ ।
त्यसैगरी सर्ट दौडमा ३० जना र महिला सर्ट दौडमा ६ जना खेलाडीहरू सहभागी भएको म्याराथन कार्यक्रम संयोजक दान बहादुर श्रेष्ठले बताउनुभयो । कार्यक्रम ऋषिङ्ग–८ की अध्यक्ष भवीसरा आलेको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य झुल बहादुर आले हुनुहुन्थ्यो ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७