TRENDING
होमपेज
आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द


काठमाडौं । कोभिड–१९ को संक्रमण दर बढ्दैजान थालेसँगै सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ ।
२५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।
बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन । सरकारले यसअघि नै विश्वविद्यालयहरुले तोकेका परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनेको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७