

पोखरा । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २० औँ संस्करण आगामी माघ ६ देखी १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ सहारा क्लब पोखराले आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’हरू सङ्कटा फुटबल क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने भएको हो ।
विसं २०५५मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने यस प्रतियोगिता सबैको चासो हुने गर्दछ ।
प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७