

काठमाडौँ । विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूमा एक्कासि सेवाग्राहीको भिड बढेको छ ।
सेवाग्राहीको चाप घटाउन काठमाडौँका पालिका स्तरबाट पनि सेवा विस्तार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा राष्ट्रिय परिचय पत्र लिन आउनेको भिड बढेको छ ।
विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भएपछि परिचय पत्र बनाउने सेवाग्राहीको भिड एक्कासि बढेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ ‘‘ई-पासपोर्टलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरेपछि पछिल्लो समय सेवाग्राहीको भिड बढेको हो, यसलाई व्यवस्थित गर्दै लैजानेछौँ ।’’
परिचय पत्र लिने सेवाग्राहीको भिड बढेपछि समयमा सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तीन दिनदेखि परिचय पत्र बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय धाउनुभएकी रामेछापकी रुपा बरुवालले आफु रातिदेखि लाइनमा बसेर टोकन लिएको तीन दिनपछि मात्रै परिचय पत्र पाएको बताउनुभयो ।
यस्तै, अर्का सेवाग्राही चितवनकी सुस्मा चालिसेले पनि सेवालाई विस्तार गरी सहज बनाउन आग्रह गर्नुभयो । सेवाग्राही चालिसेले राति १०ः०० बजेबाट टोकन लिन लाइनमा बस्दा पनि आफु तोकिएको सङ्ख्याभित्र परे पालो आयो नत्र फेरि उही दुख हुने गुनासो गर्नुभयो ।
राष्ट्रिय परिचय पत्र वितरणलाई थप व्यवस्थित बनाउन सबै जिल्लाका प्रशासन कार्यालयबाट पनि यो सेवा प्रवाह भइरहेको छ । उपलब्ध सेवा सुविधाको तुलनामा सेवाग्राहीको चाप बढेकाले सेवा प्रवाहमा समस्या भएको हो ।
विद्युतीय पासपोर्ट बनाउनका लागि परिचय पत्र लिने सेवाग्राहीको चापलाई कम गर्न काठमाडौँका सबै पालिका स्तरबाट पनि वितरण गर्ने गरी स्टेशन थप गर्ने विषयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।
बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा प्रदेश नम्बर २ का सबै जिल्लाका अत्यावश्यक सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट राष्ट्रिय परिचय पत्र लिन सक्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र नारायणहिटी दरबार परिसरबाट प्रदेश नम्बर १, लुम्बिनी र गण्डकी प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरूलाई यही पुस ११ गतेदेखि सेवा प्रवाह गरिरहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७