TRENDING
होमपेज
काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु


काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७