

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर १६ नगवामा हत्या गरी फालेको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।
वीरगन्जको कञ्चनजङ्घा बोर्डिङ स्कुलको उत्तरतर्फ बाइपास र रेल्वे रोडको बिचमा नवनिर्मित घरको अगाडी वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशवाहाको छोरी १० बर्षिया रिजवाना खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
बालिकाको निधारमा गहिरो चोट लागेको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पर्साबाट कुकुर सहितको टोली पुगेको थियो । कुकुरले शव सुँघेर मृतक बालिकाको घरमा पुगी निजका बुवा, आमा र एक आफन्तको अगाडी गएर रोकिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मुस्लिम थरकी आमाले झड्केलो छोरीसहित सरोज कुशवाहासँग दोस्रो विवाह गरेकी थिइन । मुस्लिम श्रीमानपट्टि जन्मिएकी रिजवाना खातुनको हत्या रहस्यमय बनेको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यस अघि हिजो साँझ पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २ सन्ठीमा १२ वर्षीय बालकको हत्या गरी उखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो भने हिजै भारतीय नागरिकको परवानीपुरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।
पर्सामा शृङ्खलाबद्ध रुपमा दुई दिनमा ३ वटा हत्याका घटना भएपछि स्थानीयमा त्रास छाएको छ ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७