

काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभरबाट सङ्कलित नमुनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ ।
पुस महिनामा सङ्कलित १ हजार १ सय ४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिंग गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले ओमिक्रोन भेरियन्टका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ ।
सीमा नाकाहरूमा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ आएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।
विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनका केसहरू अत्यधिक बढ्न सक्ने देखिएको छ ।
यो सङ्ख्या थप बढ्न सक्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७