

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । यही पुस २६ देखि माघ ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभागीय दुई बलिया टोली एकै समूहमा परेका हुन् । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् ।
त्यसैगरी समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएकोे छ ।
प्रधानमन्त्री कप क्रिकेट पहिलो पटक टि–२० शैलीमा हुन लागेको हो । यसअघि एक दिवसीय शैलीमा हुँदै आएको थियो । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै यसपटक भने टि–२० शैलीमा आयोजना गर्न लागिएको क्यानले जनाएको छ ।
यही पुस २६ गते हुने उद्घाटन खेलमा आर्मी र कर्णाली प्रदेश भिड्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । सोही दिन त्रिवि मैदानमा नै एपिएफ र प्रदेश २ बीच पनि खेल हुनेछ । सोही दिन उता मूलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् भने दोस्रो खेलमा बागमती र लुम्बिनीबीच खेल हुनेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७