TRENDING

दाङमा भएको जिप दुर्घटनामा परि विनोद चौधरी लगायत ६ जना घाइते

दाङ । दाङमा गएराति भएको जिप दुर्घटनामा परि ६ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो जिप बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा लमही नगरपालिका वडानम्बर ५ कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, वडा नं. २ बरुवाका २८ वर्षीय प्रदीप चौधरी, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता र वडा नं. ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका बताइएको छ ।

दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता र सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको मुख र हातमा सामान्य चोट लागेको बताइएको छ । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।