TRENDING

देशका अधिकांश स्थानमा वर्षासँगै हिमपात, हिउँ खेल्नका लागि यि ठाउँ जान्छन् आन्तरिक पर्यटक

काठमाडौं । गत राती देखि नेपालका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको छ । देशभर बदली रहेको र अधिकांश स्थानहरुमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पानी परेसँगै हिमाली एवं उच्च पहाडी क्षेत्रहरुमा हिउँ समेत परिरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं आसपासका डाँडाहरुमा समेत हिमपात भएको छ । हिउँ परेसँगै उपत्यकाबासिहरु हिउँ खेल्नका लागि जाने गर्दछन् ।काठमाडौंको नजिकै रहेको चन्द्रागिरी डाँडा, शिवपुरी, फुल्चोकि, नगरकोट लगायतका स्थानमा मंगलबार देखि नै हिउँ परिरहेको छ ।

यस्तै लाकुरीभञ्ज्याङ, ककनी एवं दामन लगायतका स्थानहरुमा समेत हिउँ परेको र हिउँ खेल्नका लागि आन्तरिक पर्यटकहरु जाने गरेको पाइन्छ ।