

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ । त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ ।
समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।
यसैबिच नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताए । उनले भने, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’
बन्दसत्रमा २५ समूहमा विभाजन गरिएका समूहका टोली नेताहरुले रिर्पोटिङ गर्ने क्रम जारी रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७