

काठमाडौं । कोरोना महामारीका कारण अधिकांश कामहरु डिजिटल्ली हुने क्रम बढेसँगै नेपालमा ल्यापटप आयात वृद्धि भएको छ । आयात बढेसँगै ल्यापटप एवं नोटबुकको मूल्यदर समेत बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आथिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा करिब साढे ६ अर्ब रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ ।
विभागको तथ्यांकले पाँच महिना अवधिमा ६ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको देखाएको हो । जसबापत सरकारले ८४ करोड १० लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको अनुसार चाईनीज ल्यापटप तथा नोटबुक बढी आयात भएको छ । जसमध्ये चीनबाट मात्रै ६ अर्ब १२ करोड ९८ लाख ७२ रुपैयाँ बराबरको आयात भएको छ । उक्त देशबाट १ लाख ५ हजार ९७१ थान ल्यापटप तथा नोटबुक आयात भएको छ ।
त्यसैगरी मलेशियाबाट ३ हजार १ सय ५ थान ल्यापटप र नोटबुक गरी २० करोड ५८ लाख ३ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको देखिन्छ । भने सिंगापुरबाट ५ करोड ३१ हजार, अमेरिकाबाट ३ करोड ३ लाख ५२ हजार, जापानबाट १ करोड ९ लाख ६५ हजार रुपैयाँ बराबरको ल्यापट तथा नोटबुक आयात भएको देखिएको छ ।
यसका अलावा भारत, यूएई, भियतनाम, फिलिपिन्स, अष्ट्रेलिया, स्वीडेन, बेलायभत, मेक्सिको, कतार नेदरल्याण्ड, डेनमार्क, हङकङक, इजरायल, आयरल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, साउदी अरेबीया, म्यानमार, कुवेत, जर्मनी, फ्रान्स, फिनल्याण्ड, बह्राइन, ताइवान, थाइल्यान्ड, कोरिया, लगायतको देशका ल्यापटप नेपालमा आयात भएको देखिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७