

काठमाडौं। हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टद्धारा काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले क्याम्पसमा उक्त प्लान्ट सञ्चाaलन गरेको जानकारी गराएको हो ।
कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नाम मात्रको मिनिरल वाटर भइरहेको यो बेलामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताए । उनले पानीको महत्वलाई बुझेर गुणस्तर र मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पिउने पानीको व्यवस्था मिलाउनु सराहनीय भएको बताए ।
अध्यक्ष अन्सारीले सरकारी तहबाहेक पनि अन्य निजी संघसंस्थाहरुले आवश्यक ठाउँमा गरेका कामबाट समाजलाई विकसित गराउन मद्दत मिल्ने बताए। उनले भने, ‘अहिलेको अवस्थामा पानीको जुन महत्व छ, जुन स्वच्छ पानीको कुरा छ, मिनिरल वाटर हामी सहजैसँग बोतल वा जारको लिन्छौँ, तर त्यो नामको मात्रै मिनिरल वाटर हुन्छ, कतिपय राम्रो पनि छ। तर कतिपय नामको मात्रै हुन्छ र आफ्नो आत्मालाई चाहिने स्वच्छ पानी खान सकिरहेका छैनौँ । अहिले गुणस्तर मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पानी पिउने व्यवस्था मिलाउनु काम उत्कृष्ट छ ।’
कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टका संयोजक तथा पूर्वविद्यार्थी आरिफ अन्सारीले विद्यार्थीहरुलाई पिउने पानीको व्यवस्था नहुँदा अनेक समस्या झेल्नुपरेको आफ्नो अनुभवबाट सिकेर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको बताए ।
हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले देशभरका विभिन्न ८० भन्दा धेरै क्याम्पसहरुमा प्लान्ट स्थापना गरेको र काठमाडौंका वाल्मीकि क्याम्पस, महानगरीय प्रहरी कार्यालय र पाटन संयुक्त क्याम्पसमा प्लान्ट राख्ने योजना रहेको जनाएको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७