

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि छैटौ चरणका खेलहरु सुरु हुँदैछन् । जसमा न्युरोड टिम एनआरटीले एपीएफ एफसी र नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्ने छन् ।
छैटौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल दशरथ रंगशालामा ४:४५ बजे सुरु हुनेछ । अंक तालिकामा पछाडि रहेका यी क्लबहरुका लागि अब हुने हरेक खेल महत्वपूर्ण छ । एनआरटी मिड टेबलमा रहँदा पुलिस र एपीएफ रेलिगेसन जोन भन्दा थोरै मात्र माथि छन् ।
फ्रेण्ड्स पुछारमा रहँदै रेलिगेसनसँग संघर्ष गरिरहेको छ । एनआरटी ५ खेलबाट ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । पछिल्लो खेलमा फ्रेण्ड्सलाई हराएर एपीएफले रेलिगेसन क्षेत्र छाडेको थियो । एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पछिल्लो जितले एपीएफको मोरल हाई भएको र आफूहरु पनि प्रतिस्पर्धाका लागि तयारी भएको बताए । ‘मैले भन्दै आएको छु । हरेक खेल टफ छ । पछिल्लो जितले एपीएफको मोरल हाई छ । हाम्रो पनि मोरल हाई छ,’ बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा शाक्यले भने ।
शाक्यले अंकतालिकामा तलको टिमले जित्दा माथि आउने र हार्दा पछि नै हुने बताए । उनले विभागले सधैँ प्रशिक्षण गर्ने भएकोले नतिजा जस्तो आएपनि प्रदर्शन राम्रो गर्ने बताए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७