

काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् । करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् ।
अल्का अस्पतालमा आफ्नै फर्टिलिटि सेन्टर समेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन् । काठमाण्डौैको थापाथलीस्थित नर्भिक अस्पतालमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरु गरेको जानकारी दिइन । अल्काको आइभिएफ सेन्टर समेत डा. शर्माले नै सुरु गरेकी थिइन् ।
स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा आवद्ध भएको डा. शर्माले बताइन् । अल्कामा करिब १५ बर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन् ।नर्भिक आइभिएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्टट्युब बेवी सेवा संचालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाई छ ।
समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७