

काठमाडौं । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेको ‘छल छल’ बोलको गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएपछि यसको प्रचारमा हिँडेका प्रिज्मा र प्रिन्सीले गीत भन्दा बढी प्रेम र ब्रेकअपको कुरा गरिरहेका छन् ।
हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी प्रिज्माले यो प्रश्नको सामना त गर्ने नै भइन् । प्रिज्माले पनि प्रचारका क्रममा गीतको विषयभन्दा प्रेममा किन ब्रेकअप हुन्छ र विश्वास गरेको मानिसबाट धोका पाउँदा के हुने रहेछ भन्दै सञ्चारकर्मीसामु आँशु बगाइन् । सामाजिक सञ्जालमा उनको यही विषयले बढी चर्चा पाइरहेको छ ।
प्रिज्माले मनको बह पोखिरहँदा सागर भने मौन छन् । केही महिनादेखि परिवारसँग नै समय बिताइरहेका सागर यो विषयमा केही पनि नबोल्ने बताउँछन् । सागरले भने, ‘यो विषयमा म केही पनि बोल्न चाहन्नँ । किनकि, मैले बोल्दा अरु कसैलाई असर पर्छ भने म मौन बसेको नै राम्रो हुन्छ ।’
सागर यही वर्ष विवाह गर्ने तयारीमा छन् । विवाहकै विषयमा कुरा नमिल्दा सागर र प्रिज्मा अलग भएको बताइन्छ । सागर आफ्नो उमेर भइसकेकाले पनि यही वर्ष नै बिहे गर्ने सोचमा थिए । तर, प्रिज्मा अझै केही वर्ष विवाह नगर्ने सोचमा गएपछि उनीहरुबीच कुरा नमिलेको चर्चा छ ।
प्रिज्माको अभिव्यक्ति सार्वजनिक भएपछि सागरलाई नराम्रो भन्ने दर्शकहरुको संख्या भने धेरै छ । तर, सागर आफूले गाली खाएपनि यो विषयमा बोलेर अझै यो मुद्दालाई तन्काउने पक्षमा नरहेको बताउँछन् । आफूले बोल्दा घटना अन्तै मोडिने उनको बुझाइ छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७