TRENDING

नेपाली कांग्रेसको पहिलो चरणको निर्वाचन सम्पन्न, देउवा निर्वाचित हुने लगभग पक्का

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि पहिलो चरणको चुनावमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ र शेखर कोइरालाले १ हजार ७ सय २ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

दोस्रो चरणको चुनावमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने छ । ३ सय ७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २ सय ५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका छन् । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।