

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिीजटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंकले जनाएको छ ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७