TRENDING

‘सभापतिको साझा उम्मेदवारको नाम भोली साँझसम्ममा सार्वजनिक गर्छाैं ‘- नेता पौेडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको बताउँदै भोली सम्ममा निर्णय आउने बताएका छन् ।

पौडेल समूहका नेताहरुको मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरुले साझा उम्मेदवारबारे छलफल गरेका थिए । बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘हामी सहमतिको करिब नजिक पुगेका छौं । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर हाम्रो निर्णय बाहिर आउँछ ।’

पौडेलले आफ्नो समूहबाट साझा उम्मेदवार तय हुनेमा विश्वस्त हुन पनि आग्रह गरे । पौडेलले भने ‘अबको चुनौतीको सामना कसरी गर्ने र महाधिवेशनमा कसरी पार्टी जोगाउन सफल हुन्छौँ भनेर हामी एउटा निष्कर्षको नजिक नजिक पुगेका छौँ ।’ पौडेल समूहमा पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापतिमा दाबी छ ।

आजको बैठकमा महामन्त्री कोइरालाले आफू सभापतिको दाबी छोड्न तयार रहेको बताएका छन् । यस्तै वरिष्ठ नेता पौडेलले पनि साझा उम्मेदवार बनाउने विषयमा आफू बाधक नहुने बताएका छन् । नेता प्रकाशमान र शेखरले आफूबाहेकका नाममा सहमति गर्न तयार नहुने अडान लिएपछि आजको बैठक निष्कर्ष विहीन भएर टुङ्गिएको छ । भोलि बिहान पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति प्रदेश सभापतिका प्रत्याशी सहितको बैठक बस्ने भएको छ ।