

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर विवाद भएको छ। महाधिवेशन उद्घाटनको नजिक आइपुगेको अवस्थामा राप्रपाका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन पक्षबीच गए राति पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विवाद भएको हो । आजदेखि हुने महाधिवेशनमा थापा र लिङ्देन पक्ष भिड्दै छन् ।
महाधिवेशन प्रतिनिधिको सूचि हेरफेर गरेको विषयलाई लिएर यि दुई पक्षबिच विवाद भएको हो । सोहि विवादका कारण आज बिहान ९ बजेभित्रमा प्रकाशित गर्ने भनिएको महाधिवेशनका मतदाताको सूची प्रकाशन रोकिएको छ । राप्रपामा कुल ४ हजार ३ सय महाधिवेशन प्रतिनिधि रहेका छन् ।
३ सय ३० प्रदेश सभाबाट चुनिएर आएका प्रतिनिधिहरुमा महिला, दलित, अल्पसंख्यक लगायतका केहि प्रतिनिधि कोटा खाली नै आएकोमा अध्यक्ष थापाले आफ्नो पक्षका नाम थप्न लगाएको लिङ्देन पक्षको आरोप छ । अनाधिकृत मानिसहरू पार्टी कार्यालयमा बसेर नाम हेरफेर गरेको पाइएकोले जिल्लाबाट प्राप्त सूची रूजु गरेपछि मात्रै मतदाता नामावली प्रकाशन हुने लिङ्देन पक्षका नेता हेमजंग गुरूङले बताएका छन् ।
राप्रपा केन्द्रीय कार्यालयका सचिव भाष्कर भद्राका अनुसार सक्रिय तथा महाधिवेशन प्रतिनिधिहरू जिल्लाबाट पठाएअनुसार नै सूचीमा समावेश गरिएको हो । मतदाता नामावली प्रकाशन लगायत काम गर्ने जिम्मेवारी भने निर्वाचन समितिलाई नै रहेको उनको भनाई छ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७