

काठमाडौं । ३८ दिन सम्मको गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुने भएको छ । गत कात्र्तिक ८ गते देखि रोकिएको इजलास आज बाट खुल्ने भएको हो ।
पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए । गोला प्रक्रियाबाट पेसी तोकिने भएपछि नियमित इजलासमा बस्दै मुद्दाको सुनुवाइ गर्न लागेका हुन् । न्यायपालिका सुधारका लागि गर्नुपर्ने काम के के हुन सक्छ भन्दै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार सर्वोच्च अदालत लगायत उच्च र जिल्ला अदालतमा पनि तत्कालका लागि गोला प्रक्रिया र कालान्तरमा पूर्ण स्वचालित विधिमै पेसी व्यवस्थापन गर्ने कुरा उल्लेख छ । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तत्कालै गोला प्रक्रियामा गएर पेसी व्यवस्थापन र इजलास गठन गर्ने पक्षमा नदेखिएपछि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीश नै उनीविरुद्ध खनिएका थिए ।
३८ दिनसम्म इजलास बहिष्कार गरेर आन्दोलन गरेका न्यायाधीशहरूले दुई साताअघि मात्रै सर्वोच्च अदालत नियमावली संशोधन गरी प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्थामा परिवर्तन गरी गोला प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गराएका थिए । त्यसपछि एक साताअघि बसेको पूर्ण बैठकले मंसिर १५ गतेबाट लागू हुने गरी गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने निर्णय गरेको थियो । सोहीअनुसार बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुन लागेको हो ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७