

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालका विशेष टोली नेपाली गरिवि निवारणका लागि गरेको काम एवम् भुमिहिन र सुकुम्वासी बस्तीहरुमा मानव अधिकार प्रयोगको अवस्था अवलोकन एवम् निरिक्षण गर्न नेपाल आएको छ ।
कार्यालयका विशेषदुत ओलिभर डि शटर नेतृत्वमा आएको टोलीले आज दिउसो बागमति नदि किनारमा रहेका सुकुम्वासी वस्ति थापाथली पुगेर वस्तिको अवलोकन निरिक्षण गरेको छ। कार्यक्रमा बस्तिमा बसोबास गर्दै आएका हरुले बस्तिमा रहदाँ महिला बालबालिकाले धेरै समस्या भोग्नुपरेको र सरकारले आफ्नो ब्यवस्थापनमा चासो नदेखाएको गुनासो गरेका थिए ।
नेपाल सरकारले गरिव निवारण एव भुमिविहन हरुको ब्यवस्थापनमा गरेको लगानी र ती बस्तिहरुमा मानव अधिकारको अवस्थाबारे जानकारी लिन टोली नेपाल आएको हो । टोली राजधानी बाहिर रहेका अन्य सुकुम्मवासी एवम भूमिहिन बस्तिहरुमा पुगी त्यहाँका बसिन्दाहरुको मानवअधिकारको प्रयोगको बस्तुगत जानकारी संकलन गर्नुका साथै सरकारलाई सुझाब दिने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७