TRENDING

सकियो एमाले अधिवेशन , यस्तो आयो मत परिणाम

काठमाडौं । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेका पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । ओलीका प्रतिस्पर्धी भीम रावलले करीब १२ प्रतिशत मत प्राप्त गरेका छन् । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा. भीम रावलले दुई सय २३ मत प्राप्त गरेका छन् । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ ।

अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १ हजार ८ सय ३७ मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २ सय २३ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याएकि छन् । उनले १ हजार ९ सय ७६ मत प्राप्त गर्नु गरेकि छन् । उपाध्यक्षमा युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, र सुवास नेम्बाङ, निर्वाचित भएका छन् भने उपाध्यक्षमा घनश्याम भुषाल पराजित भए । उप महासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, र विष्णु रिमाल निर्विरोध निर्वाचित भए भने सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् । यस्तै सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।

मतपरिणाम संगै एमाले महाधिवेशन ४ दिनपछि आज समापन हुँदैछ । यसैबीच नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आजै सौराहामा बस्ने एमालेले जनाएको छ ।