

प्रवास । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् ।
सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन’, उनले भने । उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन समेत आग्रह गरेका छन् । ‘यदि तपाईंले खोप लगाइसक्नु भएको छ र नयाँ भेरियन्टका कारण चिन्तित हुनुहुन्छ भने बुस्टर डोज लगाउनुहोस्’, बाइडेनले थपे, ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’
प्रमुख खोप निर्मातासँग अमेरिकाका स्वास्थ्य अधिकारीले परामर्श गरिरहेको र ओमिक्रोनको उत्परिवर्तनबारे आउन सक्ने संभावित अपडेटका लागि तयारी गरिरहेको पनि बाइडेनको भनाइ थियो । बाइडेनले लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा अमेरिका रहेको पनि बताए ।
बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था नआउने पनि बताए । उनले नयाँ भेरियन्टविरुद्ध विद्यमान खोप र बुस्टर डोजले काम गर्न सक्ने संभावना रहेको भनेर प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले बताएको पनि सुनाए । नयाँ भेरियन्टसँग वैज्ञानिक कदम चालेर जुध्ने पनि उनको भनाइ थियो ।
‘भद्रगोल र अलमलको साटो वैज्ञानिक एवं ज्ञानयुक्त कार्य र गतिका साथ यो भेरियन्टसँग लड्ने छौं’, उनले भने ।
अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकासहित अन्य ७ मुलुकबाट हुने हवाइ यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । मानिसहरूलाई खोप लगाउने समय दिन भन्दै यात्रा प्रतिबन्ध लगाइएको बाइडेनले प्रस्ट पारेका छन् ।
हालसम्म अमेरिकामा ओमिक्रोनका संक्रमित फेला परेका छैनन् । तर छिमेकी मुलुक क्यानाडामा ४ जनामा ओमिक्रोन फेला परेको समाचारमा उल्लेख छ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७