

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।
आइतवार शेयर बजार मापक नेप्से परिसूचक १.३८ अंक (०.०५ प्रतिशत) ले घट्दै २६८८.९२ विन्दुमा रोकिएको छ ।
यस दिन ठूला कम्पनीहरूको शेयर बजार मापक सेन्सेटिभ परिसूचक ०.२५ अंक (०.०५ प्रतिशत) ले बढ्दै ५०२.४४ विन्दुमा पुगेको छ ।
नेप्सेमा सामान्य गिरावट आउँदा आइतवार कारोबार रकम भने ४ अर्ब ९ करोड रुपैयाँमा मात्रै सिमित छ ।
यस दिन कारोबारमा कुल २ सय ३० कम्पनी कारोबारमा आएका थिए ।
यी कम्पनीहरूको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आइतवार १ सय ३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७५ कम्पनीको शेयरमूल्य घटेको छ ।
यस्तै ८ कम्पनीको शेयर मूल्य परिवर्तन नभएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।
आइतवार विभिन्न ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
नेप्सेका अनुसार आइतवार बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र तेह्रथुप पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७