

काठमाडौं । मतदाता नामावली संकलन र व्यवस्थापन गर्ने निर्वाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगले १८ वर्ष पूरा भएका नेपाली नागरिकको मतदाता नामावलीमा समेट्न सो कार्य शुरु गर्न लागेको हो ।
छुटेका मतदाताको नाम संकलनका लागि स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आयोगले शुरूमा ७ सय ५३ स्थानीय तहका सबै वडास्तरमा गएर नामावली संकलन गर्ने योजना बनाएको थियो । तर समय, बजेट र आवश्यकतालाई समेत हेरी स्थानीय तहमा गएर नामावली संकलन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । यसका अतिरिक्त इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने मतदाता संकलनसम्बन्धी कार्य हुने छ । यो दुवै कार्यका लागि तत्काल ११ करोड रुपियाँ निकासा गरिनुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ ।
अर्थ मन्त्रालयले बजेट निकासा गर्नासाथ अभियान शुरु हुने आयोगले जनाएको छ । बजेट आउना साथ ७ सय ५३ ठाउँमा पठाउने जनशक्तिका लागि अभिमुखीकरण तालिम शुरु गर्ने भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७