

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।
बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’
भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ ।
सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३/४ मा बिजुली विक्री गर्दै आएको छ । भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युत्को मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको छ । प्राधिकरणले दिनमा १५/१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्छ । त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५/१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गर्छ । त्यस क्रममा बिहीवार साँझ ६ : ३० देखि ६ : ४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो ।
प्राधिकरणका अनुसार प्रत्येक ब्लकमा विद्युत्को खरीदविक्री दर फरकफरक वा एउटै पनि हुन सक्छ । भारू १ दशमलव ९९ मा पनि बिजुली विक्री हुने गरेको प्राधिकरणको भनाइ छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७