

काठमाडौं । भारतीय डिजिटल भुक्तानी तथा वित्तीय सेवा मञ्च कम्पनी पेटिएमको आईपीओ जारी भएसँगै कम्पनीका करीब ३५० पूर्व र वर्तमान कर्मचारीहरु मिलेनियर बन्ने क्रममा छन् ।
यही हप्ताको शुरुमा कम्पनीले १ खर्ब ८३ अर्ब भारु (२ अर्ब ५० करोड डलर) बराबरको आईपीओ विक्री गरेको थियो ।
कम्पनीका पूर्व इञ्जिनियर सिद्धार्थ पाण्डे समेतका विद्यमान र पूर्व कर्मचारीहरुको नेटवर्थ अब कम्तिमा पनि १ करोड रुपया हुने कम्पनी निकट स्रोतले बताएको भन्दै रोयटर्सले एक समाचारमा भनेको छ । कम्पनीको शेयर आगामी हप्ता लिष्टिङ हुँदैछ ।
३९ वर्षिय पाण्डे अहिले पेटीएममा छैनन् । उनी अर्कै स्टार्ट अपमा काम गरिरहेका छन् । तर सात वर्ष पेटीएममा काम गर्दा उनीसँग कम्पनीको दशौं हजार कित्ता शेयर रहेको छ ।
यसबारे उनले विस्तृत विवरण त दिएका छैनन् । तर शुक्रवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार १५० रुपया थियो । आफ्नो नेटवर्थ १० लाख डलरभन्दा धेरै हुने पान्डेले बताएका थिए । पान्डे कम्पनीमा आबद्ध हुँदा यसमा हजारभन्दा कम कर्मचारी थिए । तर अहिले पेटीएममा १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । एजेन्सी
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७