

काठमाडौं । यो साता वाणिज्य बैंकहरूले ४२ खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको छ । यो अघिल्लो साताको तुलनामा ९ अर्बले कम हो ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै २७ वाणिज्य बैंकहरूबाट ३१ अर्ब निक्षेप घटेको छ । असोज मसान्तसम्म यी बैंकहरूमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४२ खर्ब ३८ अर्बमा झरेको छ ।
लगानी योग्य रकमको अभाव कायमै
वाणिज्य बैंकहरूले स्वदेशी तथा विदेशी दुबै मुद्रामा यो निक्षेप संकलन गरेको हो । कात्तिकमा असोजको तुलनामा निक्षेप घटिरहेको छ । तर यहीं अवधिमा कर्जा प्रवाह भने बढेको छ । कात्तिक महिनामा मात्रै यी बैंकले थप २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज मसान्तसम्म कुल ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४० खर्ब २५ अर्ब पुगेको छ ।
कातिक महिनामा निक्षेप घट्दा बैंकहरूमा लगानी योग्य रकमको अभाव हुन थालेको छ । यसै क्रममा राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको । बैंकहरूले राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ सापटी सुविधा (एसएलएफ) पनि लिएका छन् ।
नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलाई निरुत्साहित गर्ने लक्ष्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा निक्षेप ‘सीडी’ अनुपात कार्यान्वयनमा ल्याएपछि तरलता अभाव बढेको हो ।
राष्ट्र बैंकले विगतको कर्जा पुँजी निक्षेप ‘सीसीडी’ अनुपात हटाएर सीडी अनुपात कार्यान्वयनमा ल्याएपछि बैंकहरूलाई समस्या हुन थालेको थियो ।
राष्ट्र बैंकले अर्थतन्त्रमा उत्पादकत्व बढ्न नसकेको तथा बढ्दो आयातका कारण शोधान्तरस्थितिको घाटा बढेको एवं विदेशी मुद्राको सञ्चितिमा दबाब परेकाले कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको हो ।
तरलता अभावको समस्या देखिन थालेपछि निक्षेप आकर्षित गर्नका लागि मुद्दतीको ब्याजदर बढाउने होडमा लागेका वित्तीय संस्थालाई राष्ट्र बैंकले यसअघि नै अंकुश लगाइसकेको छ ।
तरलता अभाव भएपछि अन्तर बैंक सापटी पनि लिन थालेका छन् । अहिले अन्तरबैंक ब्याजदर ४.९६ प्रतिशत पुगेको छ ।
तथ्यांकअनुसार विदेशी मुद्राको निक्षेप मात्रै २४ अर्बले घटेको छ । असोज मसान्तमा एक खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कार्तिक १७ गते आइपुग्दा घटेर एक खर्ब २७ अर्बमा झरेको छ । जसले गर्दा आधा दर्जनभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ ।
कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूबाट २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने दोस्रो साता २ अर्ब र तेस्रो साता ९ अर्ब रुपैयाँ बाहिरिएको राजधानी दैनिकमा खबर छ ।
वाणिज्य बैंकहरूसँग तरलता अभाव हुँदा वाणिज्य बैंकहरूले कर्जा प्रवाह रोकेका छन् । कर्जा प्रवाह रोकेपनि पहिले नै प्रतिबद्धता व्यक्त गरिएका कर्जाको हकमा भने बैंकहरूले सानो रकम कर्जा प्रवाह गरिरहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७