

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले संसदमा विश्वासको मत पाएका छन् ।
कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डले आज बागमती प्रदेश सभामा विश्वासको मत लिएका हुन् ।
संसदमा पाण्डेको पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । सरकारलाई बहुमत जुटाउनको लागि ५५ मत भए पर्याप्त हुन्छ ।
विश्वासको मतको लागि मतदान हुँदा १०४ मत खसेको थियो । खसेको मध्ये दुई मत भने तटस्थ रहेका छन् ।
प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद रिता माझी र रिना गुरुङ तथा एमालेका दुई सांसद गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहे ।
बागमती प्रदेश प्रतिनिधि सभामा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले सरकार बनाएको हो ।
बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ । बागमती प्रदेशमा एमाले (सभामुखसहित) ४३ सदस्य छन् । माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७