

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा पार्टीको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाउन प्रस्ताव गरेका छन ।
आइतबार उनले सामाजिक सञ्जालमार्फत भागबन्डा मात्रै गरिए कुनै पनि पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्ने उल्लेख गरेका छन् ।
“अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि, प्रमले तीनजनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाऔँ,” उनको प्रस्ताव छ, “अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागु गर्नेचाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौँ ।”
श्रेष्ठले पाँचदलीय गठबन्धनको बैठकमा आफूले अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयलाई बेठिक भन्दै असहमति जनाएको समेत उल्लेख गरेका छन् ।
राजनीतिबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७