

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर–१ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् ।
व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, “विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहन्छु ।”
स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्र समेत बुझाएका थिए । आमा समूहकी अध्यष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठलगायतले धारणा राखेका थिए । रासस
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७