TRENDING

काठमाडौं उपत्यकामा थपिए १७५ कोभिड संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७५ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या एक हजार ९९६ पुगेको छ ।

आज देशभर ८ हजार ४३६ जना होम आइसोलेसनमा, ६८७ जना संस्थागत आइसोलेसनमा, २२३ जना आईसीयू तथा ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुख्य समाचारबाट थप समाचार