

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् ।
सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए ।
‘उत्पादनमा केन्द्रित भएर मात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उनले भने, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’
मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह गरे ।
समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने औँल्याए । यसैगरी मन्त्री शर्माले स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराउनुपर्ने बताए । स्रोत र साधन उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सक्ने उनको भनाइ रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७