

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ ।
उक्त शेयरको बाँडफाँड कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलको कार्यालयमा हुने भएको हो ।
कम्पनीले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८: ३० बजे शेयर बाँडफाँट गर्ने भएको हो ।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । यसअनुसार २१ लाख ९७ हजारको हात खाली हुनेछ ।
कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो । उक्त संख्याको आवेदनबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताकालागिआवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३९.६७ गुणा धेरै हो ।
कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७