

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सोमबार राति शाहीको राजीनामा स्वीकृत गर्दै बहुमतको नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा शाहीले राति साढे ७ बजे दिएको राजीनामा स्वीकृत भएको र बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न मंगलबार राति साढे ७ बजेसम्मको समय दिइएको उल्लेख गरिएको छ ।
‘महेन्द्र बहादुर शाहीले कात्तिक १५ गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभाको सदस्यलाई कात्तिक १६ गते मंगलबार रातको साढे ७ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दावी पेश गर्न समय दिइएको छ’, प्रदेश प्रमुखको आह्वानको बेहोरामा भनिएको छ ।
सोमबार नै शाहीले काँग्रेसका नेता जीवनबहादुर शाहीलाई नेतृत्व हस्तान्तरण गर्नेगरी राजीनामा दिएका थिए । अब माओवादीसहितका दलको समर्थनमा जीवनबहादुर नयाँ मुख्यमन्त्री बन्नेछन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७