

काठमाडौं । साउथ फिल्मका अभिनेता पुनित कुमारको गत शुक्रबार निधन भएको छ ।
४६ वर्षका पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भएको हो । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको हो । उनको निधन पश्चात् राज्यका सबै थिएटर बन्द गरिएको थियो ।
पुनित कुमारको ३१ अक्टुबर अर्थात आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको शवलाई उनकै बुबा आमाको शव राखिएको ठाउँ नजिक गाडिएको छ । पुनित कुमारको निधनमा थुप्रै हस्तीहरुले शोक ब्यक्त गरेका छन् । पुनितकुमारको निधनले उनको फ्यानलाई ठुलो झड्का लागेको छ । उनको निधनबाट दुःखी भएर तीन फ्यानको मृत्यु भएको छ ।
उनको समाचार सुनेर मृत्यु हुनेमा एक कर्नाटक चामराजनगरका ३० बर्षका मुनियप्पा, बेलगाबी जिल्लाका एक फ्यान रहेका छन् । दुबैको हृदयघातका कारण निधन भएको हो । बेलगामी जिल्लाका अर्का एक फ्यानले पनि आत्महत्या गरेको बलिउड मिडियाले जनाएका छन् ।
पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए । यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’मा देखिएको थियो ।
पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए । पुनित कुमारको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन् ।
रोचकबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
गाउँको पाखोबारीमा चियाखेती
साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको भिड
वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७