

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् ।
सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् ।
कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो । योसँगै उनले अन्य धेरै मोडलिङ प्रोजेक्ट समेत पाएकी थिइन् ।
सन् १९९४ मा ‘मिस इन्डिया’ को उपविजेता बनेकी उनले सोही वर्ष ‘मिस वर्ल्ड’ को ताज जितेकी थिइन् । ‘मिस वर्ल्ड’ बनेपछि भने मनोरञ्जन उद्योगमा उनको डिमान्ड निकै बढेको थियो । सोही कारण पनि उनलाई लगातार फिल्मको अफर मिल्यो ।
उनले १९९७ मा मणिरत्नमको फिल्म ‘इरुवर’ बाट अभिनय करियरको सुरुवात गरेकी थिइन् । सोही वर्ष उनी बलिउड फिल्म ‘और प्यार हो गया’ मा समेत देखिएकी थिइन् । दुबै फिल्म बक्स अफिसमा फ्लप साबित भएका थिए ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७